लगानी खबर, काठमाडौं - अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनी ३ करोड ५० लाख २८ हजार खुद घाटामा रहेको छ । गत वर्ष कम्पनी ४ करोड ४४ लाख ९६ हजार खुद नोक्सानीमा रहेको थियो ।
कम्पनीले विद्युत् बिक्री भने सुरु गरिसकेको छैन । कम्पनीले अन्य स्रोतबाट १ लाख ३० हजार आम्दानी गरेको छ । हाल चुक्तापूँजी १० अर्ब ५९ करोड रहेको कम्पनीको जगेडा कोषमा ८२ करोड ५६ लाख २२ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ २० पैसा रहेको छ ।
कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण हेर्नुहोस्:
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।