Like us!
Follow us!

आज सम्म कायम सेयधनीहरुले मात्र एभरेष्ट इन्स्योरेन्सको लाभांश प्राप्त गर्ने

आज सम्म कायम सेयधनीहरुले मात्र एभरेष्ट इन्स्योरेन्सको लाभांश प्राप्त गर्ने

एभरेष्ट इन्स्योरेन्स लिमिटेडको आज (वैशाख २८ गते, मंगलबार) सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागिहुन र लाभांश प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख २९ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (वैशाख २८ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको २६ औँ वार्षिक साधारण सभा जेठ १० गते काठमाडौंको हात्तिसारस्थित कम्पनीको केन्द्रिय कार्यलयमा दिउसो २ बजेबाट हुनेछ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।