Like us!
Follow us!

चिलिमे जलबिद्युतको खुद मुनाफासंगै प्रतिसेयर आम्दानी पनि घट्यो

चिलिमे जलबिद्युतको खुद मुनाफासंगै प्रतिसेयर आम्दानी पनि घट्यो

चिलिमे जलबिद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्ममा ५१ करोड २ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ जुन गत बर्षको यसै अवधिको तुलनामा २।९२ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ५२ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी भने झिनो बृद्धि भएको छ । कम्पनीको यस्तो आम्दानी ०।६९ प्रतिशतले बढेर ८० करोड ९२ लाख रुपैयाँमा पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ८० करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो । 
 
हाल चुक्ता पुँजी ६ अर्ब २८ करोड ७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफामा ह्रास आएसंगै वार्षिकृत प्रतिसेयर आम्दानी पनि गिरावट आएको छ । गत बर्षको यहि अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी  १२ रुपैयाँ २७ पैसा रहेकोमा अहिले त्यो घटेर १० रुपैयाँ ८३ पैसा पुगेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४७ पैसा रहेको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।