Like us!
Follow us!

अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अपि पावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज (बैशाख २८ गते, मंगलबार) अन्तिम दिन रहेको छ ।

कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि भोलि वैशाख २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।  त्यसैले, आज वैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न सेबोनबाट वैशाख १९ गते, आइतबार अनुमति पाएको छ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

यो दोस्रो चरणको हकप्रद हो । यसअघि पहिलो चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति सेयर १ः०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।