लगानी खबर, काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ । 
बैंकले ६ वर्ष अवधिको लागि २५ अर्ब रुपैयाँ बराबरको ‘६ वर्ष, ८.५ प्रतिशत आरबिबिएल डिबेन्चर, २०८३’ नाम गरेकाे २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न गत पाैष १२ गते, सेबाेनमा निवेदन पेश गरेकाेमा सेबाेनबाट वैशाख २२ गते अनुमति पाएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता बिक्री गर्नेछ ।
त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।