लगानी खबर, काठमाडौं - आज (साेमबार) सेयर बजारमा दाेहाेराे अंकको वृद्धि देखिएको छ  । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.८४ मा पुगेकाे छ । नेप्से १.०५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.३५ अंकले बढेर ४७५.१२ मा पुगेको छ ।
बजारमा हरियाली छाउँदा पनि आज विशालबजार कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्  । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६ सय ४ रुपैयाँले घटेर ५४४१ कायम भएको छ  । कम्पनीको सेयरमूल्यमा आज ९.९९ प्रतिशतले गिरावट आएको हो  ।
त्यसैगरी, क्रमशः जोशी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स लघुवित्त, सिंगटी हाइड्रो इनर्जी, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड-२, कृषि विकास बैंकको १०.३५% डिबेन्चर २०८३ र गणपति माइक्रोफाइनान्सको सेयरमूल्य पनि सबैभन्दा बढी घटेको छ 
                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।