Like us!
Follow us!

यी हुन् सोमबार सर्वाधिक कारोबार भएका १० कम्पनी

यी हुन् सोमबार सर्वाधिक कारोबार भएका १० कम्पनी

लगानी खबर, काठमाडौं - आज (साेमबार) सेयर बजारमा दाेहाेराे अंकको वृद्धि देखिएको छ  । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.८४ मा पुगेकाे छ । नेप्से १.०५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.३५ अंकले बढेर ४७५.१२ मा पुगेको छ ।

कूल २१८ वटा कम्पनीकाे ७५ लाख ७९ हजार ३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७ सय ८९ रूपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

बढेको बजारमा नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले २१ करोड २३ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

त्यसैगरी, क्रमश: अप्पर तामाकोशी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी लिमिटेड, महिला लघुवित्त, शिवम् सिमेन्ट्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ग्रामिण विकास लघुवित्त राष्ट्रिय बीमा कम्पनीको प्रोमोटर सेयर र नबिल बैंकले सबैभन्दा बढी रकमको कारोबार गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।