Like us!
Follow us!

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ता मालामाल, तपाईँ पर्नुभयो त ?

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ता मालामाल, तपाईँ पर्नुभयो त ?

लगानी खबर, काठमाडौँ - साेमबार नेप्से दाेहाेराे अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.८४ मा पुगेकाे छ । नेप्से १.०५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.३५ अंकले बढेर ४७५.१२ मा पुगेको छ ।

साेमबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा राष्ट्रिय बीमा कम्पनी रहेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर १९ हजार २ सय ५० रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश: राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक सेयर, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, रूरू जलविद्युत परियाेजना लिमिटेड, गुहेश्वरी मर्चेन्ट, लिबर्टी इनर्जी, नेपाल पुनर्बीमा कम्पनी, एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेड संस्थापक सेयर, सीनर्जी पावर र महिला लघुवित्तका लगानीकर्ताहरूले सर्वाधीक नाफा कमाएका छन् ।

6098fe899b16a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।