Like us!
Follow us!

२७.४१ अंकले बढ्यो सेयर बजार : ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

२७.४१ अंकले बढ्यो सेयर बजार : ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे काराेबार दिन आज (साेमबार) सेयर बजारमा हरियाली छाएकाे छ । नेप्से दाेहाेराे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.८४ मा पुगेकाे छ । नेप्से १.०५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.३५ अंकले बढेर ४७५.१२ मा पुगेको छ ।

कूल २१८ वटा कम्पनीकाे ७५ लाख ७९ हजार ३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७ सय ८९ रूपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । 

त्यसैगरी, साेमबार ४ वटा कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । जसमध्ये, राष्ट्रिय बीमा कम्पनी र  राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक सेयरमा सकारात्मक सर्किट लागेकाे छ र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा रूरू जलविद्युत परियाेजना लिमिटेडकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएकाे हाे ।

हेराैं आजकाे शेयर तालिका :

6098fe68c56b6.jpg 6098fe6f77799.jpg 6098fe7555d49.jpg 6098fe7bf1bf5.jpg 6098fe8275588.jpg 6098fe899b16a.jpg 6098fe909ee5d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।