लगानी खबर, काठमाडौं - जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।
डीसीसीएमसीको आज बसेको बैठकले १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस गरेको हो । कोरोना भाईरसका सक्रिय संक्रमितहरुको संख्या बढिरहेकाले निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । काठमाडौं उपत्यकामा दैनिक ३ हजारभन्दा बढी संक्रमित थपिरहेका छन् । उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।