लगानी खबर, काठमाडौं - नेशनल हाइड्रो पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्ममा ६६ लाख ९२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष कम्पनीले १९ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यता, विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १९.९७ प्रतिशतले घटेर २ करोड ८४ लाख रुपैयाँमा सीमित छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष भने ३३ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ९७ पैसा रहेको छ ।
कम्पनीले सार्वजनिक गरको वित्तीय विवरण हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।