Like us!
Follow us!

सूर्या लाइफ इन्स्योरेन्सको नाफा बढ्दा कस्ता छन् अन्य सूचक ?

सूर्या लाइफ इन्स्योरेन्सको नाफा बढ्दा कस्ता छन् अन्य सूचक ?

लगानी खबर, काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५५.८८ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले१८ करोड ६७ लाख ८ हजार रुपैयाँ नाफा कमाएको  थियो ।

चैत मसान्तसम्म कम्पनीले ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा ८२.५४ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले एक अर्ब ७७ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै सो अवधिमा कम्पनीले ५० करोड ७८ लाख ७४ हजार दावी भुक्तानी गरेको छ । हाल चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख रहेको कम्पनीको जगेडा कोषमा ८० करोड ८५ लाख रहेको छ  ।  कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १७ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा रहेको छ । 

6098d5bf9779c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।