Like us!
Follow us!

डिप्रोक्स लघुवित्तको नाफा ९६.०९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

डिप्रोक्स लघुवित्तको नाफा ९६.०९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको अघिकांश सूचकमा चमक देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९६.०९ प्रतिशतले धेरै हो। गत वर्षको सोहि अवधिमा संस्थाले २६ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यस्तै, सो अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी पनि ४७.८० प्रतिशतले बढेर ९८ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा यस्तो आम्दानी ६६ करोड ७६ लाख रुपैयाँमा सीमित थियो।

चैत मसान्तसम्म संस्थाको सञ्चालन मुनाफा पनि ९२.२१ प्रतिशतले बढेर ५० करोड ३६ लाख रुपैयाँ पुगेको  छ । गत वर्षको सोहि अवधिमा संस्थाको २६ करोड २० लाख रुपैयाँमा सीमित यस्तो मुनाफा यो अवधिमा बढेर  उचाइमा पुगेको छ।

चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यस्तै प्रतिसेयर आम्दानी (ईपीएस) ५१ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २१ पैसा रहेको छ।

6098b5b9e6f95.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।