लगानी खबर, काठमाडौँ - आज (आइतबार) सेयर बजार राताम्मै भएकाे छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.५६ अंकले घटेर २६१८.५६ मा पुगेकाे छ । नेप्से ०.७० प्रतिशतले घटेकाे हो ।
राताम्मै बजारमा आज महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर ४ हजार ५ सय २७ रुपैयाँमा झरेकाे छ ।
त्यसैगरी आज सर्वाधिक सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: विशाल बजार कम्पनी लिमिटेड, सिंगटी हाइड्राे इनर्जी, युनियन हाइड्राेपावर, सपाेर्ट लघुवित्त, रैराङ हाइड्राेपावर, दिव्यश्वरी हाइड्राेपावर, खानीखाेला हाइड्राेपावर, जनउत्थान सामुदायिक लघुवित्त र बरूण हाइड्राेपावर रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।