Like us!
Follow us!

विजय लघुवित्तको ५ वर्षको लाभांश इतिहास, लगानीकर्ता हजारबाट लखपति !

विजय लघुवित्तको ५ वर्षको लाभांश इतिहास, लगानीकर्ता हजारबाट लखपति !

लगानी खबर, काठमाडौं - पछिल्लाे समय लघुवित्त कम्पनीहरूमा पनि लगानीकर्ताहरूकाे आकर्षण बढ्दै गइरहेकाे छ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत लगानीकर्ताहरूकाे राेजाइमा पर्ने कम्पनी हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले संस्थाकाे सेयरमूल्य प्रतिकित्ता एक हजार ८ सय ४० रूपैयाँ रहेकाे छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाले १० करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ५३ रुपैयाँ ४३ पैसा कायम र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९१ पैसा रहेको छ ।

संस्थाकाे ५ आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा ५ वटा आर्थिक वर्षमध्ये संस्थाले धेरैमा २० प्रतिशतसम्म र थाेरैमा १०.५२६ प्रतिशत लाभांश  वितरण गरेकाे छ ।

संस्थाकाे सेयरमा ५ वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी संस्थाले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर ३ लाख ४९ हजार ६ सय  रूपैयाँ भन्दा माथी पुगेकाे छ ।

यस्ताे छ विजय लघुवित्त वित्तीय संस्था लिमिटेड​को ५ वर्षको लाभांश इतिहास :

१.  आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि संस्थाले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५२६ प्रतिशत नगद गरि कूल १०.५२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस र १ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।