लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएकाे दिनबाट निरन्तर बढ्दै गइरहेकाे महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज (वैशाख २६ गते, आइतबार) भने ओरालो लागेको छ ।
याे समाचार तयार पार्दासम्म संस्थाकाे सेयरमूल्य ८.०३ अर्थात् ४ सय ४ रूपैयाँले घटेर ४ हजार ६ सय २६ रूपैयाँमा काराेबार भइरहेकाे छ । संस्थाकाे सेयर किन्ने लगानीकर्ताकाे भने घुँइचाे लागेकाे छ । संस्थाकाे सेयरमा एक लाख ५ हजार भन्दा धेरैकाे माग देखिँदा ७ हजार ७५ जना लगानीकर्ता मात्र बेच्न तयार देखिन्छन् ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
संस्थाकाे १० लाख कित्ता साधारण सेयर (आईपीओ) चैत्र २ गते, साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएकाे थियाे । चैत्र ३ गते, मंगलबारबाट दोस्रो बजारमा कारोबार सुरु भएको थियाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३१३ रूपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे । संस्थाकाे पहिलो कारोबार प्रतिकित्ता ४ सय ३८ रुपैयाँमा भएको थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।