Like us!
Follow us!

एसियन लाइफ इन्स्योरेन्सको सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

एसियन लाइफ इन्स्योरेन्सको सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

लगानी खबर, काठमाडौं - महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर आज (वैशाख २६ गते) देखि लिलामीमा बिक्री खुल्ला गरेको छ । 

बैंकले कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम ६सय ९८ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
 
उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।