लगानी खबर, काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडकाे स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहको सेयरमा आवेदन दिने आज (वैशाख २६ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।
बैंकले आफ्नाे स्वामित्वमा रहेकाे संस्थाकाे ८१ हजार ५ सय संस्थापक समूहको सेयर न्यूनतम ३ सय  रुपैयाँमा बिक्री गरिरहेको हो । लगानीकर्ताले बोलपत्र पेश गर्दा  सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक सय कित्ता र सो भन्दा बढीको लागि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् ।
उक्त सेयरको निष्कासन तथा बिक्री  प्रबन्धकमा  ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  लगानीकर्ताले उक्त ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल काठमाडौंमा आइपुग्ने गरि आवेदन दिन सक्नेछन् ।
                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।