Like us!
Follow us!

अजोड इन्स्योरेन्सको नाफा ७३.८६ प्रतिशतले बढ्दा अन्य सूचक यस्ता छन्

अजोड इन्स्योरेन्सको नाफा ७३.८६ प्रतिशतले बढ्दा अन्य सूचक यस्ता छन्

लगानी खबर, काठमाडौं - चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ११ लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि आवधिक तुलनामा ७४ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ५१ लाख खुद नाफा गरेको थियो । 

कम्पनीको खुद बीमाशुल्क आम्दानी ६८.९० प्रतिशत बढेर १ अर्ब २ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ६० करोड ६३ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो । 
सो अवधिसम्म कम्पनीले ५० करोड २९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

आईपीओ निष्काशनपश्चात चुक्तापूँजी १ अर्ब रुपैयाँ पुर्‍याएको कम्पनीको जगेडा कोष रकम ७ करोड ५५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.१५ र प्रतिसेयर नेटवर्थ ११७.६८ रहेको छ ।

कम्पनीले गत असार २५ गतेबाट प्रति कित्ता एक सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरी बिक्री गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्नुहोस्:- 

60975ffee015d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।