लगानी खबर, काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद नाफा ५२.७९ प्रतिशतले घटेर १४ करोड २९ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा संस्थाले ३० करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सो अवधिसम्म संस्था १ करोड ७४ लाख ४६ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । गत वर्षको सोहि अवधिसम्म संस्थाले ४८ करोड ५ लाख ३३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
चैत मसान्तसम्म संस्थाको खुद व्याज आम्दानी भने २६.१९ प्रतिशतले बढेको छ । गत वर्ष ८१ करोड २८ लाख खुद व्याज आम्दानी गरेको संस्थाले यस वर्ष एक अर्ब २ करोड ५८ लाख खुद व्याज आम्दानी कमाएको छ ।
हाल चुक्ता पूँजी ९४ करोड ३३ लाख रहेको संस्थाको जगेडा कोषमा एक अर्ब २९ करोड ३१ लाख रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी पनि ३० रुपैयाँ ७४ पैसाले घटेर २० रुपैयाँ २१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ १३ पैसा रहेको छ ।
संस्थाले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।