Like us!
Follow us!

नेप्सेमा ६ कम्पनीको सेयर सूचिकृत, हेर्नुस् कुनको कति कित्ता ?

नेप्सेमा ६ कम्पनीको सेयर सूचिकृत, हेर्नुस् कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौँ - यस साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एउटा नयाँ कम्पनी थपिएको छ । रु रु जलविद्युत परियोजना लिमिटेड यस साता नेप्सेमा थपिएको नयाँ कम्पनी हो । योसहित नेप्सेमा यस साता ६ कम्पनीको सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार २ कम्पनीको बोनस सेयर एउटा कम्पनीको हकप्रद सेयर र एउटा कम्पनीकाे साधारण सेयर (आईपीओ) यस साता नेप्सेमा सूचिकृत भएको हाे ।

यस साता सूचिकृत भएकाे विवरण यस प्रकारकाे छ :

१. रु रु जलविद्युत परियोजना लिमिटेडको ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर आईपीओ

२. सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर

३. समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएको २८ लाख ५६ हजार २ सय एक दशमलव ६० कित्ता सेयर

४. एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३ लाख २२ हजार ८ सय १४ कित्ता बोनस सेयर

५. स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता बोनस सेयर

६. सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० लाख ७७ हजार ५ सय ६९ कित्ता बोनस सेयर 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।