Like us!
Follow us!

साप्ताहिक सेयर समिक्षा : साताभरमा ३८ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ती

लगानी खबर, काठमाडौं - यस साता ५ दिनको बजारमा ३ दिन बजार घटेको थियो भने बाँकी २ दिन नेप्सेले उकालो यात्रा तय गरेको थियो । 

यस साता नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर २६ सय ३७ दशमलव १३ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ३६ दशमलव ८८ अंकले घटेर २६ सय ११ दशमलव १० विन्दुमा रोकिएको थियो । यस साता सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०१ अंकले बढेर ४ सय ७३ दशमलव ०४ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ७ दशमलव ५८ अंकले घटेर ४ सय ६९ दशमलव ०२ विन्दुमा रोकिएको थियो ।

नेप्से परिसूचकसँगसँगै कारोबार रकम पनि बढेको छ । गत साता औसतमा दैनिक ५ अर्ब ४६ करोड भन्दा माथीको कारोबार भएकोमा यस साता औसतमा दैनिक ६ अर्ब ७९ करोडको कारोबार भएको छ । 

बजार पुँजीकरणको कुरा गर्नुपर्दा गत साता ३६ खर्ब २० अर्ब रहेको बजार पुँजीकरण यस साता ३८ अर्बले बढेर ३६ खर्ब ५८ अर्बमा पुगेको छ ।

यस साताको सेयर बजारलाई समग्रमा नियाल्दा आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २६ सय ६५ दशमलव १० विन्दुमा पुगेको थियो । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ३५ अंकले घटेर २६ सय ५२ दशमलव ७५ विन्दुमा पुगेको थियो । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव ९४ अंकले बढेर २६ सय ५४ दशमलव ६९ विन्दुमा पुगेको थियो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २६ सय ४९ दशमलव ६० विन्दुमा पुगेको थियो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढेर २६ सय ३७ दशमलव १३ विन्दुमा पुगी यस सातालाई बिदा गरेको छ ।

यस साता पनि सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता नै अग्र स्थानमा छन् । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश राधी विद्युत कम्पनी लिमिटेड र सींगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

यस साता सबैभन्दा धेरै गुमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश सिन्धु विकास बैंक लिमिटेड र हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

सेयर सूचीकरणको कुरा गर्नुपर्दा यस साता पनि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एउटा नयाँ कम्पनी थपिएको छ । रु रु जलविद्युत परियोजना लिमिटेड यस साता नेप्सेमा थपिएको नयाँ कम्पनी हो । योसहित नेप्सेमा यस साता ६ कम्पनीको सेयर सूचिकृत भएको छ । रु रु जलविद्युत परियोजना लिमिटेडको ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर आईपीओ, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर,  समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएको २८ लाख ५६ हजार २ सय एक दशमलव ६० कित्ता सेयर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३ लाख २२ हजार ८ सय १४ कित्ता बोनस सेयर, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता बोनस सेयर र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० लाख ७७ हजार ५ सय ६९ कित्ता बोनस सेयर यस साता नेप्सेमा सूचिकृत भएको हो ।

अन्य जानकारीका लागि तलकाे भिडियाे हेर्नुहाेस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।