लगानी खबर, काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ ।
कम्पनीको २०७८ वैशाख २४ गते अपरान्ह २:३० बसे बसेको संचालक समितिको ४२औं बैठकको निर्णयले हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (Covid -19)को कारण काठमाडौं उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा,सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि संचालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरिएको जनाएको छ । कम्पनीले २०७८ बैशाख२६ गतेकादिन साधारण सभाआह्वान गरेको थियो ।
कम्पनीले अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको ब्यहोरा सम्पुर्ण सेयरधनीहरुलाई जानकारी गराएको छ । बार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन कार्यक्रम रहेको हुँदा निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत राखी बाँकी रहेको निर्वाचन सम्वन्धित मतदान कार्यक्रम समेत स्थगित गरिएको कम्पनीले जनाएको छ । विषम परिस्थितिमा विशेष सावधानी अपनाउन र सजक रहनको लागि सबैमा कम्पनीले आग्रह समेत गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।