Like us!
Follow us!

लगानीकर्ताको रोजाइमा हाइड्रोपावर : १६ कम्पनीको मूल्य ३ सयभन्दा कम, कुनको मूल्य कति ?

लगानीकर्ताको रोजाइमा हाइड्रोपावर : १६ कम्पनीको मूल्य ३ सयभन्दा कम, कुनको मूल्य कति ?

लगानी खबर, काठमाडौं - पछिल्लाे समय हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताहरू आकर्षित भएकाे देखिन्छ । केही दिनदेखि सर्वाधिक नाफा कमाउने कम्पनीहरूकाे सूचिमा अधिकांश हाइड्राेपावर कम्पनीहरू परेका छन् । यस साता दाेश्राे बजारमा हाइड्राेपावर कम्पनीहरूकाे सेयर किन्न र बेच्न लगानीकर्ताहरूकाे घुँइचाे लागिरहेकाे थियाे । नेप्से सूचक घट्दा पनि हाइड्राेकाे सूचक भने बढेकाे थियाे ।

याे एक सातामा हाइड्रोपावर उपसमूहको सूचक ३२.५५ अंक अर्थात् १.२६ प्रतिशतले बढेकाे छ । नेप्से सूचकमा गिरावट देखिँदा पनि हाइड्रोपावर उपसमूहको सूचक भने बढिरहेकाे थियाे । यस साता दिनहुँ जसाे सर्वाधिक नाफा कमाउने १० कम्पनीकाे सूचिमा अधिकांश हाइड्राेपावर कम्पनी परेका छन् । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे याे तथ्यांक हेर्दा पछिल्लाे समय हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताहरूकाे आकर्षण बढेकाे बुझ्न सकिन्छ । दाेश्राे बजारमा मात्र नभएर प्राथमिक बजारमा पनि हाइड्राेपावरप्रति लगानीकर्ताहरू ओइरिएका देखिन्छ । याे कुरा हाइड्राेपावर कम्पनीहरूले निष्कासन गरेका आईपीओमा पनि माग भन्दा बढी परेकाे आवेदनले पुष्टि गर्दछ । 

हाइड्राेपावर कै कुरा गर्दा हाल नेप्सेमा ४० वटा हाइड्राेपावर कम्पनीहरू सूचिकृत छन् । ४० वटा हाइड्राेपावर कम्पनीहरूमध्ये प्रतिकित्ता एक सयदेखि २ सयकाे बीचमा मूल्य हुनेमा ९ वटा कम्पनी, २ सयदेखि ३ सयकाे बीचमा मूल्य हुनेमा ७ वटा कम्पनी, ३ सयदेखि ४ सयकाे बीचमा मूल्य हुनेमा १३ वटा कम्पनी, ४ सयदेखि ५ सयकाे बीचमा मूल्य हुनेमा ७ वटा कम्पनी, ६ सयदेखि ७ सयसम्म मूल्य हुनेमा २ वटा कम्पनी ७ सयदेखि ८ सयसम्म मूल्य हुनेमा एउटा कम्पनी र ८ सयदेखि ९  सयसम्म मूल्य हुनेमा एउटा कम्पनी रहेका छन् । 

हाल नेप्सेमा सूचिकृत हाइड्राेपावरहरूमध्ये सबैभन्दा धेरै मूल्य हुनेमा अपर तामाकाेशी रहेकाे छ । यसकाे मूल्य प्रतिकित्ता ८ सय २३ रूपैयाँ रहेकाे छ । त्यस्तै, सबैभन्दा कम मूल्य हुनेमा खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेड र नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड रहेका छन् । यी दुवैकाे सेयरमूल्य प्रतिकित्ता एक सय ६५  रूपैयाँ रहेकाे छ ।

(नाेट : यी सबै तथ्यांकहरू २०७८ साल वैशाख २३ गते, बिहीबारका अनुसार हाे ।)

तलकाे तालिकामा हेर्नुस् कुन कम्पनीकाे प्रतिकित्ता मूल्य कति ?

60950bcf62a1d.jpg 60950bd931c44.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।