Like us!
Follow us!

यूनाइटेड इन्स्योरेन्सको नाफासँगै बीमा शुल्क आम्दानी पनि बढ्यो, ईपीएस कति ?

यूनाइटेड इन्स्योरेन्सको नाफासँगै बीमा शुल्क आम्दानी पनि बढ्यो, ईपीएस कति ?

लगानी खबर, काठमाडौं - यूनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ३३४.९२ प्रतिशतले बढेर ५ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आम्दानी ५३.१२ प्रतिशतले बढेर ३७ करोड ८५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २४ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीले १४ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । 

हाल  चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ रहेको छ । यस्तै, बीमा कोषमा ३३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ०१ पैसा रहेको छ । 

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण हेर्नुहोस् :- 

6094e1c7ce372.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।