Like us!
Follow us!

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीकाे १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ८४ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ९ सय ७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको २५ औँ वार्षिक साधारण सभा जेठ ६ गते बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा हुनेछ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

6094c729a0d40.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।