लगानी खबर, काठमाडौं - आज (बिहिबार) पनि सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.४७ अंकले घटेर २६३७.१३ मा पुगेकाे छ । यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अंकले घटेर ४७३.०४ मा पुगेको छ । 
बजार घट्दा आज विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् । कम्पनीको सेयर मूल्यमा ७ सय ४६ रुपैयाँले गिरावट आएको हो । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ । 
यस्तै क्रमशः  सिंगटी हाइड्रो इनर्जी,  ङादी ग्रुप पावर, सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, शिव श्री हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, आशा लघुवित्त, युनिभर्सल पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।