Like us!
Follow us!

मध्य भोटेकोशीको आईपीओ बीचमै स्थगित

मध्य भोटेकोशीको आईपीओ  बीचमै स्थगित

लगानी खबर, काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले वैशाख २१ गते, मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) हाललाई स्थगित भएको छ ।

हाल देशभर कोरोना भाइरसकाे संक्रमणका कारण सिन्धुपाल्चोक जिल्लामा पनि आज (वैशाख २३ गते, बिहीबार) देखि वैशाख ३१ गते, शुक्रबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएकाे छ । निषेधाज्ञाका कारण आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आईपीओ भर्न जान असहज हुने भएकाले हाललाई आईपीओ स्थगित गरिएकाे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । 

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियाे । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको थियाे । 

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।