Like us!
Follow us!

२० कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

२० कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंक लिमिटेडले २० कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले बैंककाे कर्मचारी सूरक्षण काेषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल जेठ २ गतेदेखि २०७९ साल जेठ २ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले क’ वर्गका वाणिज्य बैंकमा १६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड रुपैयाँ गरी कूल २० कराेड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले वैशाख २७ गते, साेमबार दिउँसो ४ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।