लगानी खबर, काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ११ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १५४१०.७८ प्रतिशतले धेरै हो । को सोहि अवधिसम्म संस्थाले ७ लाख ३३ हजार रुपैयाँ मात्र नाफा कमाएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी ३६ करोड ७ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोहि अवधिमा संस्थाको १९ करोड ९७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
संस्थाको सञ्चालन नाफा ७३६४.२१ प्रतिशतले बढेर १७ करोड ७८ लाख पुगेको छ । गत वर्ष संस्थाको यस्तो २४ लाख ४८ हजार रहेको थियो ।
हाल यसको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ करोड ६८ लाख रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ४७ पैसा रहेको छ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।