Like us!
Follow us!

एनआईसी एशिया बैंकले ल्यायो ६२ हजार ३ सय कित्ता सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ?

एनआईसी एशिया बैंकले ल्यायो ६२ हजार ३ सय कित्ता सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ?

लगानी खबर, काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर आज (वैशाख २३ गते, बिहीबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।

बैंकले संस्थाकाे ६२ हजार ३ सय ८८ कित्ता कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे । उक्त सेयरकाे न्युनतम मूल्य ५ सय ७६ रूपैयाँ ताेकिएकाे छ । 

लगानीकर्ताले आज (वैशाख २३ गते, बिहीबार) बाट वैशाख २९ गतेसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6093721253e37.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।