Like us!
Follow us!

प्रभु लाइफको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?

प्रभु लाइफको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १४८.३३ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ५ करोड ५५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ८ करोड ८४ लाख ६० हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ११५.६० प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ५० करोड ४८ लाख ४४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे बिमा कोषको आकार पनि १८१.९९ प्रतिशतले  बढेर १ अर्ब ७६ करोड ५८ लाख २ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षकाे यही अवधीमा कम्पनीकाे बिमा कोषमा ६२ करोड ६१ लाख ७२ हजार रुपैयाँ थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब रुपैयाँ र जगेडा कोषमा ३६ करोड ६० लाख ६४ हजार रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३० पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

609367786ad8b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।