Like us!
Follow us!

निर्धन उत्थान लघुवित्तको सञ्चालन नाफामा १२.३५ प्रतिशत गिरावट, ईपीएस भने बढ्यो

निर्धन उत्थान लघुवित्तको सञ्चालन नाफामा १२.३५ प्रतिशत गिरावट, ईपीएस भने बढ्यो

लगानी खबर, काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाको खुद नाफा ५१.०४ प्रतिशतले बढेर ७१ करोड ४८ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाको नाफा ४७ करोड ३२ लाख ७३ हजार रुपैयाँ सीमित थियो । 

यस्तै, चैत मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी ३५.९७ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ५३ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले १ अर्ब १७ करोड ३२ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । 

संस्थाको सञ्चालन नाफामा भने गिरावट आएको छ । गत वर्ष ७४ करोड ९५ लाख २१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको संस्थाको समिक्षा अवधिसम्म १२.३५ प्रतिशतले घटेर ६५ करोड ६९ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । 

हाल चुक्ता पूँजी एक  अर्ब ६९ करोड रहेको संस्थाको जगेडा कोषमा भने २ अर्ब ६२ करोड रहेको छ । संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी १४ रुपैयाँ १६ पैसाले बढेर ५६ रुपैयाँ २३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ७८ पैसा छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

6093640561810.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।