Like us!
Follow us!

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं - प्रभु इन्स्योरेन्स लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (वैशाख २३ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख २६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (वैशाख २३ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको २५ औँ वार्षिक साधारण सभा जेठ ६ गते बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा हुनेछ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।