Like us!
Follow us!

जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

संस्थाकाे ४९.४० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ हजार ६ सय ११ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारकाे अन्तिम कारोबार मूल्य ५ हजार ३ सय ९५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।609344617ab4a.jpg

संस्थाकाे दशाैँ वार्षिक साधारण सभा वैशाख ३० गते बिहीबार होटल न्यू ईरा, बुटवल उपमहानगरपालिका वडा नम्बर ९ कालिकापथ, रुपन्देहीमा हुँदैछ ।

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार ४९.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत २.६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।