Like us!
Follow us!

माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण घट्यो

माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण घट्यो

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० मा पुगेकाे छ । यस्तै सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ४७३.८१ मा पुगेको छ । मंगलबार झिनो अंकले बढेको बजार बुधबार ओरालो लागेको हो ।

कूल २१८ वटा कम्पनीकाे एक कराेड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३ सय १३ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

आज अधिकांश लघुवित्तको सेयरमूल्य घटेको छ । १० सर्वाधिक घाटा व्यहोर्ने कम्पनीहरुमा ९ वटा लघुवित्त कम्पनी परेका छन् । 

बजार सामान्य अंकले घट्दा आशा लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यसैगरी, क्रमश: लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, सबैको लघुवित्त, स्वाभिमान लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल माइक्रोफाइनान्स, ग्रामीण विकास लघुवित्त र मिथिला लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक घाटा व्यहोरेका छन् । लघुवित्त घट्दा हाइड्रोपावर समुहको सेयरमूल्य भने अत्यधिक बढेको छ ।

60926f232f63b.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।