Like us!
Follow us!

मध्य भोटेकोशीको आईपीओमा कति पर्याे आवेदन ? यस्तो छ पछिल्लो अपडेट

मध्य भोटेकोशीको आईपीओमा कति पर्याे आवेदन ? यस्तो छ पछिल्लो अपडेट

लगानी खबर, काठमाडौँ - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले हिजाे (वैशाख २१ गते, मंगलबार) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा स्थानियले आवेदन दिइरहेका छन् ।

मंगलबार साँझसम्ममा १ लाख ३० हजार २ सय ८० जना आवेदकबाट १ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेकाे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । जसमध्ये अति प्रभावितको तर्फबाट ६४ जना आवेदकले २० हजार ३ सय कित्ता र सिन्धुपाल्चोकका अन्य स्थानहरुबाट ५ सय ३७ जनाले १ लाख ९ हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ । 

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

उक्त आईपीओमा लगानीकर्ताहरुले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन पाउनेछन्। 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ। 

याे पनि :

अनलाइनबाट कसरी भर्ने मध्य भोटेकोशीको आईपीओ ?

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।