Like us!
Follow us!

सगरमाथा इन्स्योरेन्सको नाफा २८ करोड बढी, बीमा शुल्क आम्दानी २८.१५ प्रतिशतले बढ्यो

सगरमाथा इन्स्योरेन्सको नाफा २८ करोड बढी, बीमा शुल्क आम्दानी २८.१५ प्रतिशतले बढ्यो

लगानी खबर, काठमाडौं - सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ६३.९१ प्रतिशतले बढेर २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ पुगेको छ  छ । गत वर्षको सोहि अवधिमा  कम्पनीको यस्तो नाफा १७ करोड ४१ लाख ३० हजार रुपैयाँमा सीमित थियो ।

त्यस्तै कम्पनीको खुद बीमाशुल्क पनि २८.१५ प्रतिशतले बढेर २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी १७ करोड ४१ लाख ३० हजार रुपैयाँ सीमित थियो । सो अवधिसम्म कम्पनीले ८० करोड ६७ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ ।

हाल चुक्ता पूँजी एक अर्ब रहेको कम्पनीको जगेडा कोषमा ४८ करोड ३४ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ६३ पैसा छ । 

60923f3c2edc6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।