Like us!
Follow us!

प्राइम लाइफ इन्स्योरेन्सको नाफासँगै बीमा शुल्क आम्दानी पनि बढ्यो, प्रतिसेयर आम्दानी कति ?

प्राइम लाइफ इन्स्योरेन्सको नाफासँगै बीमा शुल्क आम्दानी पनि बढ्यो, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बुधबार सार्वजनिक गरेको उक्त विवरण अनुसार कम्पनीले सो अवधिसम्म आइपुग्दा २२ करोड ८६ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको तुलनामा २४.८६ प्रतिशतले धेरै हो  । गत वर्षको सोहि अवधिमा कम्पनीले १८ करोड ३० लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ७ करोड ६६ लाख ८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा ३७.४९ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब २३ करोड ७५ लाख ८७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । सो अवधिसम्म कम्पनीले ८७ करोड ३१ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हाल चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६२ करोड ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९८ पैसा छ ।  

60922cf506027.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।