लगानी खबर, काठमाडौँ - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (वैशाख २२ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि वैशाख २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (वैशाख २२ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाकाे दशाैँ वार्षिक साधारण सभा वैशाख ३० गते बिहीबार होटल न्यू ईरा, बुटवल उपमहानगरपालिका वडा नम्बर ९ कालिकापथ, रुपन्देहीमा हुँदैछ ।
सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार ४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत २.६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।