Like us!
Follow us!

घोडीघोडा लघुवित्तको अधिकांश सूचकमा गिरावट

घोडीघोडा लघुवित्तको अधिकांश सूचकमा गिरावट

लगानी खबर, काठमाडौं - घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

संस्थाले बुधबार सार्वजनिक गरिएको उक्त विवरण अनुसार ३६ लाख ६८ हजार रुपैयाँ घाटामा रहेको छ । गत वर्ष कम्पनीले यो त्रैमासमा २१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै संस्थाको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । संस्थाको खुद आम्दानी ७८ लाख ८६ हजार रुपैयाँ रहेको छ यो गत वर्षको सोहि अवधिको तुलामाना १८.२६ प्रतिशतले थोरै हो । गत वर्षको सोहि अवधिमा संस्थाको यस्तो आम्दानी ९६ लाख ४८ हजार रुपैयाँ थियो ।
 
हाल चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाको रिजर्भ कोषमा ७२ लाख ६६ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ २८ पैसा नोक्सानमा रहेको छ, भने प्रतिसेयर नेटवर्थ ७३ रुपैयाँ ७० पैसा रहेको छ ।

60921ef5c3459.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।