Like us!
Follow us!

साना किसानको नाफामा सामान्य वृद्धि

साना किसानको नाफामा सामान्य वृद्धि

लगानी खबर, काठमाडौं - साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 
 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ६.९५ प्रतिशतले बढेर  ४६ करोड ५३ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिसम्म कम्पनीले ४३ करोड ५० लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

त्यसैगरी, संस्थाले ९० करोड ५३ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ  । गत वर्षको सोहि अवधिको तुलनामा यस्तो आम्दानी १३.८७ प्रतिशतले धेरै हो । गत वर्ष संस्थाको यस्तो आम्दानी ७९ करोड ५० लाख ६० हजार रुपैयाँ सिमित थियो । 
समिक्षा अवधिसम्म संस्थाको सञ्चालन नाफा ६९ करोड ५७ करोड ८७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष संस्थाले ६५ करोड ५० लाख ६० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको छ भने जगेडा कोष रकम २१ अर्ब ८० करोड ९० रुपैयाँ हजार छ । संस्थाको प्रतिसेयर आम्दानी भने ८ रुपैयाँ ४३ पैसाले घटेर ४९ रुपैयाँ ८७ पैसामा सीमित भएको छ ।  त्यस्तै, प्रतिसेयर नेटवर्थ  २७४ रुपैयाँ १९ पैसा रहेको छ । 

60921b6501860.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।