Like us!
Follow us!

१.९४ अंकले बढ्यो सेयर बजार, ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

१.९४ अंकले बढ्यो सेयर बजार, ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

लगानी खबर, काठमाडौँ - आज (मंगलबार) सेयर बजारमा झिनाे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ मा पुगेकाे छ । नेप्से ०.०७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३२ अंकले बढेर ४७५.४४ मा पुगेको छ ।

कूल २१३ वटा कम्पनीकाे एक कराेड ३० लाख १५ हजार एक सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८ सय ११ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, मंगलबार ९ वटा कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । समता लघुवित्त वित्तीय संस्था लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, सपाेर्ट लघुवित्त, राधी विद्युत, रूरू जलविद्युत,  सिंगटी हाइड्राेपावर लिमिटेड, युनाइटेड माेदी हाइड्राेपावर लिमिटेड र पञ्चकन्या माइ हाइड्राेपावरकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएकाे हाे ।

हेराैं आजकाे शेयर तालिका :

609115d317b62.png 609115d88c26b.png 609115dd767a8.jpg 609115e30d00b.jpg 609115e7f2032.jpg 609115f0190d3.jpg 609115f722dca.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।