लगानी खबर, काठमाडौँ - यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको वैशाख १९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा जेठ ११ गते, मंगलबार कम्पनीको रजिष्टर्ड कार्यालय सिद्धार्थ नगरपालिका - ८, रुपन्देहीमा बिहान १० बजेबाट सुरू हुनेछ ।
कम्पनी ऐनको दफा १०५ को १ (ग) बमोजिम आर्थिक वर्ष २०७५/७६ मा भएको खर्चको अनुमोदन गर्ने सभाकाे विशेष प्रस्ताव गरेको छ ।
त्यसैगरी, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तिकाे अनुमोदन गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।