Like us!
Follow us!

आज फेरी घट्यो सुनको मुल्य, कति छ आजको भाउ ?

आज फेरी घट्यो सुनको मुल्य, कति छ आजको भाउ ?

लगानीखबर काठमाडौं,  नेपाली बजारमा एक सातादेखी लगातार घटिरहेको सुनको मुल्य हिजो भने बढेको थियो । त्यस्तै आज फेरी सुनको मुल्यले ओरालो यात्रा तय गरेको छ ।
आज शुक्रबार छापावाला सुनको मूल्य तोलाको ७ सय रूपैयाँले घटेर  प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै,तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ४ सय रूपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।
विहिबार छापावाला सुनको मूल्य प्रतितोला ८ सयले बढेर ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो भने तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ पुगेको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।