Like us!
Follow us!

आशा लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी पनि बढ्यो

आशा लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी पनि बढ्यो

लगानी खबर, काठमाडौँ - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १० करोड ६७ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २६७.८२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ९० लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १८ करोड ९८ लाख ४४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ७८.४० प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १० करोड ६४ लाख १४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे सञ्चालन नाफा १५ करोड ५१ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २६ करोड ७१ लाख ३१ हजार रुपैयाँ, जगेडा कोषमा १५ करोड ३५ लाख ३३ हजार रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४७ पैसा र प्रतिसेयर आम्दानी ५३ रुपैयाँ २९ पैसा रहेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।