लगानी खबर, काठमाडौँ - आज (मंगलबार) प्रिओपन कारोबारमा नेप्से परिसूचक झिनाे अंकले घटेकाे छ भने सेन्सेटिभ परिसूचक बढेकाे छ । 
स्टकका अनुसार नेप्से परिसूचक ०.४८ अंकले घटेर २६५२.२७ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.३८ अंकले बढेर ४७५.५० विन्दुमा पुगेको छ । 
त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ४६ कम्पनीको ९ हजार ६ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ६८ लाख ६२ हजार एक सय ५० रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.३५ अंकले घटेर २६५२.७५ विन्दुमा राेकिएको थियाे ।

                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।