लगानी खबर काठमाडौं - पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५५.५२ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि गिरावट आएको छ । गत वर्ष ३० करोड ७१ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर २६ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ ।
हाल चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ५ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १२ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ५१ पैसा छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।