Like us!
Follow us!

आईपीओ निष्काशन गर्ने प्रस्तावसहित राप्ति हाइड्रोले डाक्यो वार्षिक सभा

आईपीओ निष्काशन गर्ने प्रस्तावसहित राप्ति हाइड्रोले डाक्यो वार्षिक सभा

लगानी खबर, काठमाडौं - राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको वैशाख १९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको सभा जेठ ११ गते मंगलबार कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौं जुममार्फत बिहान ९ बजे सुरु हुनेछ  ।  

सभामा सर्वसाधरणको लागि सेयर निष्काशन (आईपीओ) गर्ने तथा सो निष्काशनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव अनुमोदन गरिनेछ  । 

त्यसैगरी, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब, तथा सोहि अवधिको नगदप्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ । 

कम्पनीले साधरण सभा प्रयोजनको लागि वैशाख २८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरको छ । त्यसैले वैशाख २७ गतेसम्म नेप्सेमा कायम  भइ कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्  । 

6090bf03a19c9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।