Like us!
Follow us!

सिईडिबी हाइड्रोपावरको आईपीओमा कति पर्याे आवेदन ? यस्तो छ पछिल्लो अपडेट

सिईडिबी हाइड्रोपावरको आईपीओमा कति पर्याे आवेदन ? यस्तो छ पछिल्लो अपडेट

लगानी खबर, काठमाडौँ - सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने लगानीकर्ताहरूकाे लर्काे लागिरहेकाे छ । 

साेमबार साँझ ४:४५ बजेसम्ममा १४ लाख ९४ हजार ७ सय ७० जना आवेदकले २ करोड २९ लाख ९४ हजार ६ सय कित्ताका लागि आवेदन दिएका सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे २३ लाख ४१ हजार ९ सय ५४  कित्ता भन्दा ९.८२ गुणा बढी आवेदन हो ।

कम्पनीले वैशाख १७ गते, शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।